गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने ४७ हजार घटे
onlinekhabar.com · Sun Jul 19 06:17:43 GMT 2026

३ असार, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)