भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार
barnanmedia.com · Sat Jun 06 14:41:03 GMT 2026

काठमाडौँ, २३ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताउनुभएको छ ।
आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रास्वपा नेपाली जनताको वास्तविक सेवक हो र यसले नै यो देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)