किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
kendrabindu.com · Sun Jul 19 06:25:34 GMT 2026

किभ । रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए । युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँचवटा जिल्लामा आगलागी भएको थियो । आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारीसाधनमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)