सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको ढोका बन्द, सुरक्षा परिषद पनि बन्धक
nepalpress.com · Sun Jul 19 06:56:03 GMT 2026

राष्ट्रिय सुरक्षा परिषदको ४१ औँपछि ४२ औँ बैठक बसेको छैन । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले अध्यक्षता गरेको ४२औँ बैठकले चुनावी सुरक्षाबारे निर्णय लिएको थियो । त्यसयता औपचारिक रूपमा परिषदको बैठक बसेको छैन । अर्थात्, प्रधानमन्त्री वालेन्द्र शाहले यो बैठक राखेको देखिँदैन ।
राष्ट्रिय सुरक्षा परिषदको औपचारिक विज्ञप्तिलाई आधार मान्ने हो भने गत फागुन २० पछि बैठक बस्न सकेको छैन । कतिपय सन्दर्भमा औपचारिक विज्ञप्ति मात्रपनि सत्य हुँदैनन् । कहिलेकाहीँ बैठक बसेर राष्ट्रिय सुरक्षाबारेमा प्रधानमन्त्रीले जानकारी आदानप्रदान भइसकेको हुन्छ । तर, अहिलेको सन्दर्भलाई हेर्दा नयाँ सरकार बनेदेखि नै बैठक बस्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)