इरानी सर्वोच्च नेता खामेनीको अमेरिकालाई चेतावनी : कहिले नभुल्ने पाठ सिकाउने छौं
annapurnapost.com · Sun Jul 19 06:55:55 GMT 2026

इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व र विश्वसनीयता नरहेको बताएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता मोजतबा खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् ।
उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको छ ।’ लिखित सन्देशमा थप भनिएको छ, ‘अमेरिकाले फेरि एक पटक संसारसामु आफ्नो वास्तविक अनुहार देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)