किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
barnanmedia.com · Sun Jul 19 07:10:10 GMT 2026

रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १:३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँच वटा जिल्लामा आगलागी भएको थियो । आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ । उद्धारकर्मीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनाको उद्धार गरेका थिए भने शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीन तले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)