सैन्य अड्डामा आक्रमणपछि अमेरिका-इरान द्वन्द्व थप चर्कियो
himalpress.com · Sun Jul 19 07:44:09 GMT 2026

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका-इरान तनावलाई थप चर्काएको हो।
पश्चिम एसियामा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)