लिपुलेक भन्सार ठप्प, ६ वर्षपछि सुरु हुन लागेको भारत–चीन व्यापार पुनः अन्योलमा
clickmandu.com · Sun Jul 19 07:44:45 GMT 2026

एजेन्सी । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै हुने भारत–तिब्बत व्यापार ६ वर्षदेखि निलम्बित भएपछि यसको पुनः सुरुवात हुने आशामा फेरि धक्का लागेको द न्यु इन्डियन एक्सप्रेसले समाचार प्रकाशन गरेको छ ।
चीनको सीमा नजिकै भारतको पिथौरागढ जिल्लाको अन्तिम गाउँ गुञ्जीमा भेला भएका २८ भारतीय व्यापारीहरू तिब्बत प्रवेश गर्न नपाएपछि जुलाई ११ मा धारचुला फर्किएका छन् । उनीहरूले करिब ३ हजार क्विन्टल सक्खर र मिश्री गुञ्जीमै छाडेका छन् । त्यो अहिले वर्षा र ओसका कारण खराब हुने जोखिममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)