विश्वकप २०२६ को उत्कृष्ट खेलाडीको दोस्रो रोजाइमा स्पेनका मिडफिल्डर रोड्री
kalakarmi.com · Sun Jul 19 07:51:30 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ उपाधि भिडन्तअघि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित ‘गोल्डेन बल’ अवार्डको दौड निकै रोमाञ्चक बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विश्लेषकहरूको मूल्याङ्कनअनुसार अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी यस अवार्डका प्रमुख दाबेदार रहेका छन् भने स्पेनका प्रभावशाली मिडफिल्डर रोड्री दोस्रो बलिया दाबेदारका रूपमा उभिएका छन् ।
प्रतियोगिताभर अर्जेन्टिनाको आक्रमणको केन्द्रबिन्दु बनेका मेस्सीले गोल र असिस्ट दुवैमा उत्कृष्ट योगदान दिएका छन् । निर्णायक क्षणमा टोलीलाई जित दिलाउने प्रदर्शन गरेका उनले अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधिनजिक पुर्याएका छन् । अर्जेन्टिनाले फाइनल जितेमा मेस्सीले दोस्रो पटक विश्वकपको ‘गोल्डेन बल’ जित्ने सम्भावना अत्यधिक रहेको विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)