गमगढीमा डेढ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण सुरू
deshsanchar.com · Sat Jan 18 16:45:06 GMT 2025

मुगु – मुगु जिल्लाको सदरमुकाम गमगढीमा डेढ करोड रुपैयाँको लागतमा गुम्बा निर्माण हुने भएको छ। छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको विशेष पहलमा अघि बढाइएको यो आयोजना धार्मिक, सांस्कृतिक, र पर्यटन विकासका लागि महत्त्वपूर्ण मानिएको छ।
गुम्बा निर्माणले स्थानीय बौद्ध धर्मावलम्बीहरूका लागि पूजापाठ र ध्यानको सुविधा दिने मात्र होइन, धार्मिक पर्यटनलाई पनि प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। नगरपालिकाले बजेट व्यवस्थापन र निर्माण सामग्री सुनिश्चित गरी गुम्बा निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)