श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
annapurnapost.com · Sun Jul 19 08:05:23 GMT 2026

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' श्रीलंकाको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। उनी आइतबार दिउँसो करिब १२ बजे काठमाडौं आइपुगेका हुन्।
प्रचण्ड गत असार ३१ गते ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रीलंका प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)