प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार
rajdhanidaily.com · Sun Jul 19 08:13:57 GMT 2026

रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले करिब साढे तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरेका छन्।
जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए। उनले आफूले प्रेम गर्ने युवतीलाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरबाट तल झर्न अस्वीकार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)