तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ratopati.com · Sun Jul 19 08:31:49 GMT 2026

काठमाडौं । तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत करिब १५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। मनसुनका बेला पहिरोको जोखिम न्यूनीकरण गर्नुका साथै पार्क आसपासका वन्यजन्तु, विशेषगरी बाँदरका लागि प्राकृतिक आहारको व्यवस्था गर्ने उद्देश्यले फलफूल र भू–क्षय नियन्त्रणमा सहयोग पुग्ने प्रजातिका बिरुवा रोपिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)