सात महिनापछि लिमी चौकीमा फर्किए प्रहरी
gorkhapatraonline.com · Thu Jun 04 03:17:37 GMT 2026

चीनसँग सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनः सञ्चालन गरिएको छ । हिउँदमा हिमपातले चिसो हुने भएपछि बन्द गरिएको चौकीको काम जेठ तेस्रो हप्ताबाट पुनः सुचारु गरिएको छ ।
सात महिनाअगाडि हिमपात र चिसोका कारण बन्द गरिएको लिमीको प्रहरी चौकी मङ्गलबारबाट पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताउनुभयो । गत मङ्सिर पहिलो हप्ता प्रहरी चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालयमा फिर्ता भएका थिए । लिमीमा हिउँदमा चिसो अत्यधिक हुने हुनाले प्रहरीलाई खान बस्न पनि समस्या भएकाले चौकीमा ताला लगाएर बन्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)