चौतर्फी घेराबन्दी तोड्दै ज्ञानेन्द्र शाहीको आक्रामक स्पष्टीकरण: गँज्याडी र डिप्रेसनका रोगी भन्दै झाँको झारे!
barnanmedia.com · Sun Jul 19 08:26:54 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर दिएको भनिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा आफ्नो भनाइको व्यापक आलोचना भएपछि उनले आफूले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नभई केही निश्चित समूहलाई मात्र लक्षित गरेर टिप्पणी गरेको दाबी गरेका हुन्
जापान भ्रमणका क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै सार्वजनिक गरिएको भिडियोपछि प्रतिक्रिया दिने क्रममा शाहीले प्रयोग गरेका केही शब्द सामाजिक सञ्जालमा भाइरल बनेका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रवासी नेपाली समुदायसहित विभिन्न क्षेत्रबाट आलोचना भएपछि उनले आफ्नो धारणा स्पष्ट पार्ने प्रयास गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)