एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
ratopati.com · Sun Jul 19 08:51:02 GMT 2026

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पदमा अर्यालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिएकी हुन् ।
उपनेता अर्यालले संसद्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ‘फ्युजन’ बाट पार्टीलाई सही मार्ग निर्देशन प्राप्त हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)