नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य
nepalviews.com · Thu Jun 04 03:37:03 GMT 2026
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको हो।
खेलको सुरुवातमा नेपाली ब्याटिङ लाइनअप भुटानी बलरसामु निकै संघर्षपूर्ण रह्यो। नेपालले ६७ रन जोड्दा आफ्ना ७ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो। सीता राना मगर र रुबिना क्षेत्रीले आठौँ विकेटका लागि ४० रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। नेपालका लागि सीताले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना २४ रन जोडेर आउट भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)