नेपालद्वारा भुटानलाई ११४ रनको लक्ष्य
kendrabindu.com · Thu Jun 04 03:41:52 GMT 2026
काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङका निम्ति उत्रिएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको हो ।
नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिन क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)