हिमालयले महंगाेमा किन्याे, एनटीभीले सित्तैमा छिन्याे
nepalpress.com · Sun Jul 19 09:08:59 GMT 2026

काठमाडौं । अमेरिकामा जारी विश्वकप फुटबललाई नेपालमा निजी लगानीको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको छ । तर, प्रतियोगीताका अन्तिम दुई म्याचहरू भने सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट पनि प्रशारण हुँदैछन् ।
तेस्रो स्थानका लागि आज राति भएको फ्रान्स र ईंग्ल्याण्डबीचको खेल नेपाल टेलिभिजनबाट पनि प्रशारण भएको थियो । साथै, भोलि राति हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल हिमालय र हिमालय स्पोर्ट्ससँगै एनटीभीमा पनि आउने छ । खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी टिभीमा विश्वकपको फाइनल प्रशारण हुने कुरालाई आफ्नो उपलब्धिका रूपमा प्रचार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)