ओटीपीबिनै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने सरकारी प्रणालीको सुरक्षा कमजोरी अन्तत: समाधान
techpana.com · Sun Jul 19 09:06:00 GMT 2026

काठमाडौं । सरकारी पोर्टलमा रहेको प्राविधिक कमजोरीका कारण ओटीपी (वान टाइम पासवर्ड) प्रमाणीकरणबिनै कुनै पनि व्यक्तिको राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिने सुरक्षा जोखिम अन्तत: समाधान भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रोभिजनल राष्ट्रिय परिचय पत्र (ईएनआईडी) डाउनलोड गर्ने प्रणालीमा रहेको उक्त कमजोरी शनिबार राति सच्याएको हो ।
यसअघि ईएनआईडी डाउनलोडका लागि नागरिकता नम्बर र आवश्यक विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा ओटीपी जान्थ्यो । तर ओटीपी नराखे पनि प्रणालीको ब्याकइन्डबाट राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिने प्राविधिक त्रुटि रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)