बन्द हुन लागेको विद्यालय बन्यो मावि
gorkhapatraonline.com · Thu Jun 04 04:11:55 GMT 2026

हिले, जेठ २१ गते । विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढाउँदै माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तह (मावि) सम्म स्तरोन्नति हुन सफल भएको हो ।
पहाडी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो । २०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सालसम्म आइपुग्दा विद्यार्थी घटेर १८ जनामा सीमित भयो । करिब २०५७/५८ सालसम्म ठिकै विद्यार्थी रहेको उक्त विद्यालयमा त्यसपछि भने द्वन्द्व, बसाइँसराइलगायतका कारण विद्यार्थी घट्न थाले । विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुग्यो । जब २०७७ सालमा सोही विद्यालयका पूर्वविद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरुवा भएर त्यहाँ आएपछि विद्यालयको कथा फेरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)