काल जितेर फर्किए वासुदेव, भाग्यले बाँचे !
barnanmedia.com · Sat Aug 29 14:15:15 GMT 2026

भदौ १० गते बिहान पौने ९ बजे रसुवाको टिमुरेस्थित माछापुच्छ्रे बैंकका अपरेसन इन्चार्ज वासुदेव आचार्य कार्यालय जाने तयारी गर्दै थिए। एक्कासि जमिन हल्लिएपछि भूकम्प सम्झेर बाहिर भागेका उनी माथिबाट आएको विनाशकारी बाढीको चपेटामा परे।
बाढीको तीव्र छालले हुत्याएर कान्लामा पुर्याए पनि उनी ढलेनन्। टाउकोमा गहिरो चोट र खुट्टा नचल्ने अवस्थामा पनि उनी हार मानेनन्। मकैबारी, सिस्नो र काँडाघारीमा घस्रिँदै डेढ घण्टाको पैदल यात्रापछि उनी ज्यान जोगाएर सुरक्षित ठाउँमा पुग्न सफल भए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)