मैदानबाहिर पनि ‘सुपरस्टार’ एम्बाप्पे : विश्वकपसहित राष्ट्रिय जर्सीका सबै कमाइ समाजसेवामा
nagariknews.nagariknetwork.com · Sun Jul 19 07:55:15 GMT 2026
फुटबल मैदानमा आफ्नो गति र दक्षताले विपक्षी रक्षापंक्तिलाई कडा चुनौती दिने फ्रान्सका कप्तान केलियन एम्बाप्पेले मैदानबाहिर पनि उत्तिकै प्रेरणादायी छवी बनाएका छन्।
क्लब फुटबलमा अर्बौं कमाउने यी स्टारले फ्रान्सको राष्ट्रिय टोलीबाट प्राप्त गर्ने सबै शुल्क, बोनस र पुरस्कार रकम दान गर्दै आएका छन्। सन् २०१७/२०१८ देखि राष्ट्रिय टोलीको नियमित सदस्य बनेयता उनले देशको जर्सी लगाएबापतको एक पैसा पनि आफूसँग राखेका छैनन्। यो उनको एकपटकको उदारता नभई वर्षौंदेखिको निरन्तर परोपकारी अभियान हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)