फ्रान्सको अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जियो नेपाली संस्कृति, विद्यार्थी टोलीको उत्कृष्ट प्रस्तुति
kalakarmi.com · Sun Jul 19 10:07:59 GMT 2026

काठमाडौं- नेपाली संस्कृतिको सप्तरङ्गी झल्को प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप (ENCG) फ्रान्सबाट स्वदेश फर्किएको छ । संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा गएको सांस्कृतिक टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै गौरवमय प्रस्तुति दिएको हो ।
उक्त कार्यक्रममा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. कोइरालासँगै सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी सह-प्रधानाध्यापक सुजिता काफ्ले उदास, बागमतीका प्रधानाध्यापक श्याम दत्त अधिकारी र सोही विद्यालयका विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभान्जली साप्कोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटीको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)