हेटौँडाको नयाँ गन्तव्य बन्दै जनहित सामुदायिक वन (तस्बिरहरू)
nepalpress.com · Sun Jul 19 10:24:00 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको जनहित सामुदायिक वनले पर्यटकीय पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्द्धनको प्रयास गरेको छ । तर यथेष्ट बजेट नहुँदा योजना पूर्ण हुन सकेको छैन ।
२०५२ सालमा स्थापित जनहित सामुदायिक वनले पूर्वाधार विकास गर्दै पछिल्लो समय दुई वटा पार्क र पोखरी निर्माण गरेको छ । ८ सय ३५ उपभोक्ता सदस्य रहेको वनले दिगो वन व्यवस्थापन गरेर उपभोक्तालाई दाउरा र काठ मात्रै उपलब्ध गराएको छैन, पर्यटकीय पार्क र पोखरी निर्माण गरेको छ भने स्थानीय कलेज र उच्च माविलाई पनि रकम उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)