कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ
onlinekhabar.com · Sun Jul 19 10:27:35 GMT 2026

३ साउन, काठमाडौं । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)