कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ
arthasansar.com

कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ । उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद गरिएको छ । गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)