ऐतिहासिक निर्णय ! अब विश्वकप फाइनल हेर्न पैसा तिर्नु पर्दैन, NTV PLUS ले निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने
barnanmedia.com · Sun Jul 19 10:47:04 GMT 2026
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्पेनबीच हुने बहुप्रतीक्षित फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस (NTV Plus) मार्फत निःशुल्क प्रत्यक्ष प्रसारण गरिने घोषणा गरेका छन्।
सरकारको यस निर्णयसँगै विश्वकपको फाइनल हेर्नका लागि यसअघि जस्तै कुनै पनि सशुल्क सदस्यता (Subscription) लिनुपर्ने बाध्यता हटेको छ। अब नेपालभरका लाखौं फुटबल समर्थकले आफ्नै घरबाट कुनै अतिरिक्त शुल्क नतिरी विश्व फुटबलको सबैभन्दा ठूलो खेल प्रत्यक्ष रूपमा हेर्न सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)