शोर श्रेष्ठको प्रश्न : ‘९ वर्षसम्म किन बाहिर आएनन् दीपक भट्ट र शीर्ष नेताबीचका तस्बिर ?’
barnanmedia.com · Sun Jun 28 00:52:12 GMT 2026

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राजनीति र खोज पत्रकारितामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले एमाले र माओवादीबीच २०७४ सालमा भएको एकता प्रक्रियामा बिचौलियाको भूमिकाबारे पुनः बहस सुरु भएको बताएका छन्।
श्रेष्ठले एमाले र माओवादी केन्द्र मिलेर तत्कालीन नेकपा गठन हुँदा बिचौलिया दीपक भट्ट पनि उक्त प्रक्रियामा संलग्न रहेको कुरा जगजाहेर रहेको उल्लेख गरेका छन्। हालै एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट समातिएपछि दीपक भट्टसहित एकता प्रक्रियामा सहभागी व्यक्तिहरूसँगका पुराना तस्बिरहरू सार्वजनिक हुन थालेको उनले संकेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)