छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
nepalnews.com · Thu Jun 04 05:59:19 GMT 2026

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुर्याउने भएकाले कुनै पनि बहानामा त्यसो गर्न नपाइने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)