फुटबलको जादुई गलैँचा
nepalnews.com · Sun Jul 19 11:14:30 GMT 2026

विख्यात उरुग्वेली लेखक एदुआर्दो गालेआनो ( सन् १९४० – २०१५ ) को कृति सकर इन सन एन्ड स्याडो फुटबलको महागाथा हो। उनले यस खेलका सूक्ष्मातिसूक्ष्म आयाम केलाएका छन्। यसको इतिहासदेखि वर्तमानसम्म पर्गेलेका छन्। यस किताबमा फुटबलको त्यो अतीत पनि समेटिएको छ , जतिबेला यसलाई न फुटबल भनिन्थ्यो , न यो गोलो नै थियो। किताबका छोटाछरिता अध्यायमा कतै फुटबलप्रेमीको प्रेमासक्त दिल बोल्छ भने कतै धारिलो व्यंग्यकारको कटाक्ष बोल्छ। नाफाखोरहरूले यस खेलको सौन्दर्य कसरी सि ध्या इरहेका छन् , त्यसप्रति गालेआनोको चरम आपत्ति छ।
रेफ्री
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)