बालेन्द्र सरकारसँग अखिल (क्रान्तिकारी) ले राख्यो पाँचबुँदे माग, सिक्काबाट नक्सा हटाउनेदेखि दलाइ लामाको विषयमा आपत्ति
nepalviews.com · Sun Jul 19 11:11:54 GMT 2026

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बालेन्द्र नेतृत्वको सरकारको आलोचना गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित निर्णय तथा जनविरोधी गतिविधिविरुद्ध पाँचबुँदे माग राखेको छ ।
संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी वक्तव्यमा सरकारले विद्यार्थी र आमजनताको हितविपरीत एकपछि अर्को निर्णय गर्दै गएको आरोप लगाइएको छ। वक्तव्यमा शिक्षा तथा स्वास्थ्य सेवामा ३ प्रतिशत कर लगाउनु, राष्ट्रिय स्वाधीनतामाथि असर पर्ने निर्णयहरू गर्नु तथा जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्नु वर्तमान सरकारको जनविरोधी चरित्र भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)