एक बर्षमा सञ्चालनमा आए ५६१ मेगावाटका २५ आयोजना, तर सरकारको लक्ष्य भेटिएन
corporatenepal.com · Sun Jul 19 11:12:31 GMT 2026

काठमाडौं । गत आर्थिक बर्ष २०८२–८३ मा ५६०.९९ मेगावाटका २५ वटा विद्युत् आयोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार त्यसमा २३ वटा आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेका छन् । बाँकी दुई आयोजना भने परीक्षणका रुपमा सञ्चालनमा आएका हुन् ।
सञ्चालनमा आएका २५ मध्ये दुई सोलार र २३ जलविद्युत आयोजना छन् । गत आवमा सरकारले ९४० मेगावाट विद्युत् थप गर्ने लक्ष्य लिएको थियो । त्यसको ६० प्रतिशतको हारहारीमा विद्युत् थप भएको देखिन्छ । योसँगै नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जडित क्षमता ४४ सय मेगावाट हाराहारी पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)