गीतकार सङ्घ नेपालको सांगीतिक कार्यक्रम स्थगित, राहत कोषमा १ लाख १५ हजार प्रदान
kalakarmi.com · Thu Aug 27 11:00:21 GMT 2026

काठमाडौं– गीतकार सङ्घ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम हाललाई स्थगित गरेको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङलगायत क्षेत्रमा जनधनको ठूलो क्षति भएको तथा देश नै शोक र पीडामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)