रसुवा बाढी: बाजुराका १४ जना सम्पर्कविहीन,खोजीका लागि आग्रह
annapurnapost.com · Thu Aug 27 10:55:58 GMT 2026

बाजुरा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढी पछि बाजुराका १४ जना सम्पर्कविहीन भएका छन्। रोजगारी तथा व्यापारका सिलसिलामा रसुवा पुगेका हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका स्थानीय बाढीपछि सम्पर्कमा नआएको आफन्तले बताएका छन्।
सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिका–६ का १९ वर्षीय दीपक रोकाया र ५० वर्षीया विष्णुमती रोकाया रहेका छन्। उनीहरूसँगै ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, ३५ वर्षीय विक्रम भण्डारी ४५ वर्षीय दिपेश सार्की ५५ वर्षीय विसि पाण्डे र चन्द्र सार्की पनि सम्पर्कविहीन भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)