ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ : मन्त्री पटेल
nagariknews.nagariknetwork.com · Sun Jul 19 11:37:12 GMT 2026

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
महोत्तरीको बर्दिवासमा शनिबार आयोजित ‘मुक्त हरवा चरवा समुदायका लागि जलवायु न्याय र सामाजिक समावेशीकरण’ विषयक मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलनको उद्घाटन गर्दै मन्त्री पटेलले मधेसमा रहेका हरवा चरवाको समस्यालाई गम्भीर रूपमा लिइएको भन्दै ऐन बनाएर छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)