सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
dainikonline.com · Mon Jun 26 06:35:42 GMT 2023
0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलाको १३ सय ५० रुपैयाँ कायम रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)