जलविद्युत आयोजना क्षेत्रमा फसेकाहरुको उद्धारको प्रयास जारी छ : प्रधानमन्त्री शाह
annapurnapost.com · Sat Aug 29 14:28:59 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना क्षेत्रमा फसेका नागरिकहरुको उद्धारको प्रयास जारी रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले अहिलेसम्म आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भईसकेको जानकारी दिएका छन्।
उद्धारमा भारतीय र चिनियाँ विज्ञहरु नेपाली सेनासँगको समन्वयमा परिचालन गरिएको जानकारी दिँदै प्रधानमन्त्री शाहले लेखका छन्,‘विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)