साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
nepallive.com · Sun Jul 19 12:26:06 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने निर्णय गरेको बताएका हुन् ।
कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि सात महिना बितिसक्दा र अदालतको फैसला आएको चार महिना पुग्दा पनि कुनै सार्थक पहल नगरेको आरोप लगाउँदै देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्न भेला बोलाउने निर्णय गरेको विश्वकर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)