दिगो र घाम पावरबीच सोलार ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी
kendrabindu.com · Sun Jul 19 12:45:14 GMT 2026

काठमाडाैं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ। यो सहकार्य नेपाललाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधारतर्फ अग्रसर गराउने अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यस साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी बनाइनेछ। साथै, उच्च विद्युत् माग हुने समयमा पावर ग्रिडको निर्भरता कम गर्दै स्वच्छ ऊर्जाको उपयोग बढाइने लक्ष्य राखिएको छ। प्रस्तावित ब्याट्री ऊर्जा स्टोरेज प्रणालीले दिनभर सोलार प्रणालीबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यकताको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ। यस एकीकृत प्रणालीले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने र चार्जिङ सञ्चालनमा नवीकरणीय ऊर्जाको प्रयोगलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)