भूकम्पको ३२ घण्टापछि भग्नावशेषबाट १८ दिने शिशुको सकुशल उद्धार
nepalviews.com · Sun Jun 28 01:11:01 GMT 2026

काराकास । विनाशकारी प्राकृतिक विपत्तिको बीचमा भेनेजुएलाबाट एउटा सुखद र आश्चर्यजनक घटना सार्वजनिक भएको छ । शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा पुरिएको ३२ घण्टापछि एक नवजात शिशुलाई उद्धारकर्ताहरूले जीवितै बाहिर निकाल्न सफल भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा राजधानी काराकासको उत्तरी तटीय सहर ला ग्वाइरामा फ्लडलाइटको उज्यालोमा उद्धारकर्मीहरूले निकै चलाखीपूर्वक ती शिशुलाई बाहिर निकालेको देखिन्छ । शिशु सुरक्षित रूपमा बाहिर आउनासाथ त्यहाँ उपस्थित स्थानीय र उद्धार टोलीले खुसीयाली मनाएका थिए । धुलैधुलो भएको अवस्थामा फेला परेका ती शिशुलाई कम्बलले बेरेर तत्कालै प्राथमिक उपचार दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)