सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
barnanmedia.com · Sun Jul 19 13:13:44 GMT 2026

सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो ।
प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६÷९६ प्रतिशत रोपाइँ भएको छ । कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)