सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
ratopati.com · Sun Jul 19 13:35:49 GMT 2026

कैलाली। सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा भएको जानकारी दिए। हालसम्म सबैभन्दा बढी कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९ दशमलव ६ मिलिमिटर पानी परेको छ भने अत्तरियामा १२ मिलिमिटर पानी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)