अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
ratopati.com · Sun Jul 19 13:58:11 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा पुनर्विचार गर्न तथा नाम्गेल स्कुल बन्द गर्न माग गरेको छ।
सङ्गठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा आइतबार जारी प्रेस वक्तव्यमा सरकारले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ तथा विद्युत् सेवामा कर लगाएर विद्यार्थी र आमजनतामाथि आर्थिक भार थपेको आरोप लगाइएको छ। वक्तव्यमा शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाउन पनि सरकारसँग माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)