कोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
baahrakhari.com · Sun Jul 19 14:03:45 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोसी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोसी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।
विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोसी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताइन् । “आज साँझसम्म कोसी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले ६ मिटरको सतर्कता तह पार गर्न सक्छ,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)