आध्यात्मिक पर्यटनको गन्तब्य ब्राण्डिङः के गरिनु पर्छ ? के छन् चुनौति ?
corporatenepal.com · Sun Jun 28 01:11:46 GMT 2026

– दिवाकर पन्त
कोरोना महामारीको प्रकोप शान्त भएलगत्तै एक जना प्रतिष्ठित पर्यटन व्यवसायीले मलाई भन्नुभयो– गुरु मेरा तीन जना युरोपेली गेष्ट दुई महिनापछि नेपाल आउँदै छन् । उनीहरु कुनै एक हिन्दू– विष्णु वा शिव मन्दिरमा डेढ महिना बसेर ध्यान–साधना गर्न चाहन्छन् । उनीहरुका लागि उपयुक्त मन्दिर कहाँ हुनसक्छ ? दिनुपर्यो । उहाँले थप्नुभयो – उनीहरुको चाहना ती मन्दिरहरुमा मोटरबाटो नपुगेको होस्, बरु केही घण्टा हिडेर नै पुग्नुपर्ने खालको होस् र मानवनिर्मित होहल्ला नभएको र परम्परागत हिसावको स्थान होस् भन्ने छ । पुनः उहाँले थप्नु भयो – उनीहरु वैदिक हिन्दू परम्पराअनुसार डेढ महिना बसेर साधना गर्न चाहन्छन्, अति धेरै चर्चामा आएको र बढि भिडभाड नभएको शान्त खालको हुनुपर्ने उनीहरुको चाहना छ । वास्तविक शक्तिस्थल होस् । सुरक्षितस्थल चाँहि हुनु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)