बागमती नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
ratopati.com · Sun Jul 19 14:25:51 GMT 2026

काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो । नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)