अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न
kalakarmi.com · Sun Jul 19 15:02:23 GMT 2026

काठमाडौं– आइतवार दिउँसोदेखि परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नु परेको छ । सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको छ । पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए ।
यसैबीच, ट्राफिक प्रहरीहरु भने सडकमाथि झोलिएको विद्युत तथा सञ्चारका तार व्यवस्थापन गर्न व्यस्त देखिएका छन् । अविरल वर्षासँगै राजधानीका अन्य केही स्थानमा पनि सडकमा पानी जमेको छ । अविरल वर्षापछि काठमाडौंका सडकमा पानी जम्दा सवारीसाधन सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)