अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
ratopati.com · Sun Jul 19 15:09:44 GMT 2026

चितवन । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठको खातामा अमेरिकन डलर ३३ हजार १५० दशमलव ३३ अर्थात् नेपाली रु ५० लाख ९८ हजार १८९ दशमलव २५ रहेको भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)