आहारा खोज्दै शुक्लाफाँटाको गिद्ध ५२० किलोमिटर उडेर भारतको हिमाचल पुग्यो
kendrabindu.com · Sun Jun 28 01:28:04 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको एउटा गिद्ध भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर (पोङ ड्याम) सम्म पुगेको छ।
गत २ चैतमा जीपीएस ट्याग गरिएको उक्त गिद्ध ४ चैतमा महाराणा प्रताप सागर पुगेको थियो। नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत दिलीप चन्दका अनुसार गिद्ध अहिले पनि सागर आसपासको जंगल क्षेत्रमा विचरण गरिरहेको छ। ‘यहाँबाट गएपछि उक्त गिद्ध ड्याम आसपासकै जंगलमा विचरण गरिरहेको छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)